माधवकुमार नेपाल बने नेकपा अध्यक्ष

राजनीति समाचार

काठमाडौंः प्रचण्ड–नेपाल समूहका केन्द्रीय समितिको बैठकले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षमा चयन गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा नेता झलनाथ खनालले नेपाललाई अध्यक्षमा चयनका लागि प्रस्ताव गरेका थिए । ३१५ जना सहभागी केन्द्रीय समिति बैठकले उनलाई खनालको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो । दुवै प्रचण्ड र नेपालको हैसियत समान रहने छ। बैठकले आजैदेखि लागू हुनेगरि केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *