सर्लाहीमा करेन्ट लागेर बालिका गम्भीर घाईते

दुर्घटना समाचार

७ पुष सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिका ६ गोहियाहीमा करेन्ट लागेर एक बालिका शक्त घाईते भएकी छिन् । सोमवार साँझ स्थानीय हजारी यादवको एक तल्ले घरको छतमा खेल्ने क्रममा उहाँकी भान्जि सोही ठाउँका गणेश राय यादवकी छोरी १२ वर्षीया नेहा कुमारी करेन्ट लागेर गम्भीर घाईते भएकी हुन् ।

छतभन्दा करिव ४ फिटजति माथि रहेको बिजुलीको नांगो तारमा छुइँदा करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी काठमाण्डौंतर्फ रेफर गरिएको छ । करेन्ट लागेर बालिकाको ढाडसहित शरीरको पछाडिपटिको भाग चलेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *