सर्लाहीको बागवानी र जुटपानीमा दुर्घटना, ६ घाईते

दुर्घटना समाचार

६ पुष सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ बागवानी जंगलमा माईक्रो र म्याजिक ठक्कर खाँदा ५ जना घाईते भएका छन् । नवलपुरबाट लालबन्दीतर्फ आइरहेको ज १ ज ४५३ नम्वरको माइक्रो र विपरीत दिशाबाट गइरहेको ना १ ज ६४१५ नम्वरको म्याजिक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका घाईतेहरु सामान्य रहेकाले उपचारपछि घर फर्किसकेका ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा म्याजिक चालक बागमती नगरपालिका ११ का २२ वर्षीय श्रीमान पाख्रिन, यात्रुहरु लालबन्दी नगरपालिका ७ की ४५ वर्षीया कुन्ति देवी, लालबन्दी ७ कै ५७ वर्षीय विष्णु काफ्ले, बागमती नगरपालिका १ बस्ने २७ वर्षीया सीता ढुंगाना र हरिवन नगरपालिका ४ की ५० वर्षीया शान्ति लामा घाईते हुनु भएको हो । यस्तै नवलपुर–मलंगवा सडक अन्तर्गत हरिपुर नगरपालिका–८, जुटपानीमा ना ४१ प ३६१४ नम्वरको मोटरसाइकल र ना ६ ख ९७९० नम्वरको बस आपसमा ठक्कर खाँदा घाईते मोटरसाइकल चालक लालबन्दी नगरपालिका १ का २७ वर्षीय दिलिप चौधरीलाई थप उपचारका लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *