सर्लाहीको विभिन्न ठाउँ प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

अपराध राजनीति समाचार

५ पुष सर्लाही। संघीय संसद्को प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्लाहीमा पनि आन्दोलन सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नासाथ जिल्लामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता कार्यकर्ताबाट आन्दोलनको सुरुवात भएको हो । नेकपा र उसकै विद्यार्थी संगठनका केन्द्रिय नेताहरुकै उपस्थितिमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा चर्को नाराबाजी गर्दै हरिवनमा दिउँसो  याली निकालिएको थियो ।

यालीमा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव, पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज डाचाराज वाग्ले, अनेरास्ववियूका केन्द्रिय सहसंयोजक रन्जित तामाङ, अनेरास्ववियूका केन्द्रिय सदस्य सुरेश पराजुली, नेतृ आरती लामा लगायत माउ पार्टी र विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।  याली पश्चात आयोजित कोण सभालाई विद्यार्थी नेता तामाङ र नेतृ लामाले सम्वोधन गरेका थिए । उनिहरुले संसद् विघटनको कदम दुर्भाग्यपूर्ण रहेको बताए ।

याली अघि बागमतीमा पूर्व मन्त्री समेत रहेका नेता मातृका यादवको प्रमुख आतिथ्यतामा अनेरास्ववियू सर्लाहीको व्यवस्थापनमा प्रदेशभरीका विद्यार्थी नेताहरुको भेला सम्पन्न भएको थियो । भेलाका प्रमुख अतिथि नेता यादवले प्रधानमन्त्री ओलीकै संरक्षणमा देशमा भ्रष्टाचार, गुण्डागर्दी जस्ता अराजकता र अस्थिरता बढेको आरोप लगाए । अर्का नेता प्रदेश सहसंयोजक चौधरीले ओलीको बुताबाट अब देश चल्न नसक्ने भन्दै उनलाई विश्राम दिएर तत्कालै पार्टीले अर्को विकल्प खोज्नु पर्ने बताए ।

संसद् विघटनको विरुद्धमा आईतबार दिउँसै सदरमुकाम मलंगवामा नेकपाका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकी, जिल्ला ईन्चार्ज वाग्ले लगायतको उपस्थितिमा नाराबाजीसहित जुलुस निकालिएको छ । त्यसैगरी नेकपा सर्लाहीका इन्चार्ज वाग्ले, सह–इन्चार्ज अच्युतम काफ्ले र सचिव कमल बुढाथोकीले पे्रस विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै त्यसको भत्र्सना गरेका छन् । यस्तै केन्द्रको निर्देशन अनुसार जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले पनि संसद् विघटनको विरुद्धमा आन्दोलन थाल्ने तयारीमा जुटेको सो पार्टीका नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *