सर्लाहीमा हँसियाले घाँटी रेट्दा महिला सिकिस्त

अपराध दुर्घटना समाचार

२३ मंसिर सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राहमा मंगलवार दिउँसो एक महिलालाई घाँस काट्ने हँसियाले रेटेर गम्भीर घाईते बनाइएको छ । घर नजिकै खेतमा घाँस काट्न गएका बेला दुई जना महिला मिलेर स्थानीय ४८ वर्षीया अन्जुम खातुनलाई हँसियाले आक्रमण गरेका हुन् । खातुनको घाँटी रेटिनुका साथै गाला र चिउँडोमा समेत गहिरो चोट लागेको छ ।

उनलाई नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । घटनामा संलग्न दुई महिलालाई हरिपुर प्रहरीकै हिरासतमा ल्याएर राखिएको छ । उनीहरुले खातुनलाई आक्रमण गर्दा प्रयोग गरेको हँसिया समेत प्रहरीले बरामद गरेको छ । महिलामाथि आक्रमण हुनुको कारण खुल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *