सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

देश समाचार

काठमाडौंः विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ उचाइअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

मंगलबार नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरे । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको छ । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *