सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी, लाखाैको क्षति

दुर्घटना समाचार

२३ मंसिर सर्लाही। मलंगवा – दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीमा परी लाखौँको धनमाल जलेर नष्ट भएको छ । विष्णु गाउँपालिका वडा नं. २ पकडिगोठका योगेन्द्र प्रसाद साहको घरमा मध्यरातमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा काठको घरसहित घरभित्र रहेका सरसमान जलेर नष्ट हुँदा करिव १२ लाख बराबरको क्षति भएको पीडित परिवारलाई उद्वृत गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमवार राती ११ बजेतिर भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *