हुलाकी सडक निर्माण र नाका खुलाउन आन्दोलन

राजनीति समाचार

सर्लाही, २१ मंसिर । सिमानाका खुलाउन र हुलाकी सडक निर्माणको लागि सर्लाहीमा आज बिरोध प्रदर्शन गरिएको छ । सर्लाही सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गुर्नका साथै आजदेखि अनिश्चितकालिन रिले धर्ना कार्यक्रम समेत सुरु गरिएको छ ।

सर्वपक्षिय संघर्ष समितिले नेपाल भारत सिमा खुल्ला गर्नुपर्ने, हुलाकी राजमार्ग निर्माधिन सडकको स्तरोन्नती गर्नुपर्ने, हुलाकी राजमार्ग लगायत अन्य शाखा सडक र पुलहरुको गुणस्तरको छानविन गर्नुपर्ने, हुलाकी राजमार्ग बनाउँदा सडकमा पर्ने जग्गाको मुआवजा उपलब्ध गराउन पर्ने र  हुलाकी राजमार्ग निर्माण कार्यको ठेक्काका म्याद नथप्न माग गर्दै बिरोध प्रदर्शन तथा अनिश्चितकालिन रिले धर्ना कार्यक्रम जिल्ला विकास चौकको सहिद पार्कमा सुरु गरेको छ ।

जिल्ला समन्वय समितिको तिन बिघे मैदानबाट आज निकालिएको मोटरसाईकल बिरोध ¥याली मलंगवा नगरको परिक्रममा गर्दै सर्लाहीको मुख्य भारतीय नाका भन्सारको डाट सम्म पुगेर पुनः जिल्ला विकास चौकमा फर्की रिले धर्ना कार्यक्रम सुरु गरेको थियो । आन्दोलनकारीहरु अहिले जिल्ला विकास चौक स्थित रहेको सहिद पार्कमा  अनिश्चितकालिन रिले धर्नामा बसेको छ ।  बिरोध कार्यक्रममा जनता, समाजवादी पार्टी र नेपाली काँग्रेसका नेता कार्यकर्ताको साथै व्यापारी, नागरिक समाजका अगुवाहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी र काँग्रेसका कार्यकर्ताहरुले पार्टीको झण्डा समेत बोकेर सहभागी भएको थियो । त्यस्तै नेकपाका केही कार्यकर्ता कार्यक्रममा देखिएपनि पार्टीको झण्डा प्रयोग गरेको थिएन ।

बिरोध कार्यक्रममा जसपाका नेता एवम् संघिय सांसद महेन्द्र राय यादव, संघिय सांसद प्रमोद साह, रुहिनाज मिकरानी, प्रदेश सभा सदस्य उपेन्द्र महतो, अशोक कुमार यादव, संविधान सभा सदस्य जंगीलाल राय, किरण देवी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम राय, पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव राय लगायतको सहभागीता रहेको थियो ।  मंसिर २९ गते बेलुका ५ बजे जिल्लाको २० वटै पालिकामा मशाल जुलुश, मंसिर ३० गते सदरमुकाम मलंगवा बजार बन्द गर्ने र पौष १ गते सर्लाही जिल्ला पूर्ण रुपले बन्द गर्ने निर्णय भएको सर्वपक्षिय सघर्ष समितिका संयोजक जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *