सर्लाहीको बाँके जंगलमा मोटरसाईकल दुर्घटना हुँदा युवतीको मृत्यु

दुर्घटना समाचार

२० मंसिर । सर्लाहीको बाँके जंगलमा मोटरसाईकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगल खण्डमा विहिबार राती अनटेष्ट मोटरसाइकल दुर्घटनामा परेको हो । बर्दिवासबाट पश्चिम आइरहेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही निवासी २५ वर्षीया मेलिना तिमल्सिनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

राती साँढे ७ बजेतिर मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएकी तिमल्सिनाको उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । सो दुर्घटनामा गम्भीर घाईते भएका धादिङको थाक्रे गाउँपालिका–८ का ३२ वर्षीय विश्वमणि गजुरेललाई थप उपचारका लागि लालबन्दीबाट काठमाडौं रेफर गरिएको छ । बाँके जंगलमा बुधवार राती मात्रै बसले कारलाई ठक्कर दिँदा कार चालकको मृत्यु भएको थियो । चिसो बढेर बिहान–बेलुकाको समयमा कुहिरो लाग्न थालेसँगै सवारीको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गमा दुर्घटना बढ्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *