सर्लाहीको बाग्मती नगरपालिका पर्यटक आकर्षित गर्न फनपार्क बनाउँदै

देश समाचार

२० कार्तिक सर्लाही। सर्लाहीको बाग्मती नगरपालिका–११ वुद्ध शान्ति तपोवनमा फनपार्क निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।

जिल्लाकै ऐतिहासिक यस ठाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । एक वर्षभित्रै निर्माणको काम पूरा गर्ने गरी गौरी पार्वती सुनकोसी धुलिखेल जेभि नयाँ बाँनेश्वर काठमाण्डौंले मंगलावर ठेक्का सकार गरेको बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए।  नगर प्रमुख थापाका अनुसार पर्खाल निर्माण लगायत केही काम बाहेक १७ करोड रुपैयाँमा झण्डै ९० प्रतिसत काम गर्ने गरी ठेक्का सम्झौता भएको हो । नगरपालिकाले फनपार्क, आफ्नो गौरवको योजना रहेको बताएको छ ।

फनपार्क निर्माण भएपछि स्थानीय कला संस्कृतिको संरक्षणसँगै आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थापाको भनाई छ । फनपार्कमा अतिथि गृह, स्वीमिङ पुल, पिकनिक स्पट, होटल लगायतका संरचना निर्माण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार फनपार्क बनेपछि बाग्मती नदीमा बोटिङको व्यवस्था गर्ने योजना छ । पूर्व–पश्चिम राजमार्गस्थित बाग्मतीबाट दुई किलोमिटर उत्तरमा बन्न लागेको फनपार्कको २०७५ साल वैशाख १३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शिलान्यास गरेका थिए । निर्माण स्थलको छनौट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रिया लगायतले फनपार्क निर्माणमा केही ढिला भएको नगर प्रमुख थापाले जानकारी दिए ।

2 thoughts on “सर्लाहीको बाग्मती नगरपालिका पर्यटक आकर्षित गर्न फनपार्क बनाउँदै

  1. I have read so many content regarding the blogger lovers except this paragraph is genuinely a good piece of writing, keep it up. Isobel Wallis Salena

Leave a Reply

Your email address will not be published. Required fields are marked *