१७ कार्तिक सर्लाही ।सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रति दिन बढदै गएको छ। यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही प्रहरी प्रमुख देखि प्रहरीका सम्पूर्ण युनिट अपराध नियन्त्रण गर्न लागि परेको छ । यसै क्रममा सर्लाहीमा प्रहरीले १०क्विन्टल ८८ किलो ग्राम पटका सहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
दशै, तिहार र छठ पर्वलाई अवसर पारी सर्लाही जिल्लाको बिभिन्न सिमावर्ति नाकाहरु भएर भारतबाट नेपाल तर्फ बिभिन्न किसिमका पटाकाहरु ओसारपसार हुँदै आएको विशेष सूचनाको अधारमा बलरा नगरपालिका वडा नं.८ स्थित सार्वजनिक सडकबाट पालले टेलरको भाग छोपी राखेको अवस्थामा ज.१ त २१७६-९ न.को टेलर साहितको सोनालिका ट्याक्ट्ररबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका बिभिन्न किसिमका १० क्विन्टल ८८ किलो ग्राम पटका ईलाका प्रहरी कार्यालय गडहियाको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) संतोष सिंह राठौरले जानकारी दिनुभयो ।