१६ असोज, सर्लाही | सर्लाही जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रमहरुमा डिजे साउण्ड सिस्टम प्रयोग गरि चर्को स्वरमा संचालन गरिदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सद्वावमा प्रतिकुल प्रभाव परि विभिन्न दुर्घटनाहरु समेत भएको तथ्यलाई द्रिस्टिगत गरि जिल्ला सुरक्षा समिति, जिल्ला स्तरिय सर्वदलिय सर्वपक्षीय बैठक तथा नेपाल सरकारका माननीय मन्त्रीज्यू, प्रतिनिधि सभाका माननीय सदस्य ज्यूहरु, प्रदेश सभाका माननीय सदस्य ज्यूहरु, स्थानीय तहका प्रमुख्ज्यूहरुको समेतको संयुक्त बैठकबाट सर्लाही जिल्ला भित्र डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस समेत गरेकोले जिल्ला भित्र डिजे साउण्ड सिस्टम राख्दा शान्ति सुरक्षा भंग हुने, समुदायलाइ बाधा बिरोध र जनस्वास्थ्यलाई खराब असर पर्ने भएकोले मिति २०७७/०६/२१ गते देखि अर्को सूचना नभए सम्मका लागि जिल्लाका कुनै पनि स्थानमा डिजे साउण्ड सिस्टमका कुनै पनि स्पिकर राख्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम यो आदेश जारी गरिएको छ ।
यो आदेशको बर्खिलाप गरिएको पाइएमा सो सिस्टम जफत गरि प्रचलित कानुन बमोजिम कारबाही गरिने छ- सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराए ।