सर्लाही,४ अशोज । सर्लाहीमा कोरोना भाईरस बाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा न. ९ का अन्दाजी ५५ वर्षिय एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
मृत्क ति पुरुष भरतपुर अस्पताल चितवन उपचार गराउने सिलसिलामा गएको थियो । भदौ १८ गते भरतपु्र अस्पतालमा ति पुरुषमा कोरोना पाजेटिभ रिपोर्ट आएको थियो ।
कोरोना संक्रमित ति पुरुषको उपचारकै क्रममा अशोज २ गते बिहान साढे १० बजे मृत्यु भएको थियो । यो सँगै सर्लाहीमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५ पुगेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।