युवा समाज कल्याण द्वारा सर्लाहीमा रहेका असहाय तथा बिरामीलाई यस्ता सेवा उपलब्ध गराउॅदै…

देश समाचार

 

२५ भदौ, सर्लाही | कोरोना भाइरसको महामारीले गर्दा बिरामीको चाप र रगतको अभाव भइरहेको अवस्थामा सर्लाही सदरमुकाम मलंगवाका युवा समाज कल्याण का युवाहरूले बिरामीलाई समय मै रगत उपलब्ध गराई उदाहरणीय काम गरिरहेका छन्। उनीहरूले Helping Management Team अन्तर्गत Call For Food & Blood मार्फत सर्लाही जिल्ला भर रहेका असहाय, अत्ती विपन्न परिवारलाई खाद्यान्न दिएर सहयोग समेत गरिरहेका छन् ।

जिल्लाकै विभिन्न ठाउँबाट युवाहरू जोडेर टीम बनाएका यि युवाहरूले बिरामीको आवश्यकता अनुसार रगत दिन सुरु गरेका हुन् । कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा सबैतिर देखिएको रगतको अभावलाई सके सम्म कम गर्न युवा समाज कल्याणले बिरामीलाई आवश्यक परेको रगत दिरहेका छन् ।

कोरोना संक्रमणले गर्दा अन्य रोगको उपचार नपाइरहेको अवस्थामा रगतकै अभावले गर्दा जटिल अवस्थाका बिरामीहरूले ज्यान गुमाउनुपरेको र बेरोजगारले खानाको अभावमा भोको पेट बस्न नसकेर आत्मह*त्या गर्न बाध्य भएको घटना देखेर आफूहरू यस कार्यमा जुटेका युवाहरूको भनाई छ।

आफूहरूले केही दिनको अन्तरालमा ” सेवा नै धर्म हो ” अनुसरण गर्दै ६-७ जना बिरामीहरूलाई आपातकालीन अवस्थामा रेड क्रॉस सोसाइटी सँग समन्वय गरि Youths For Society Welfare मार्फत रगत दिइसकेका छौॅ – हेल्पिङ्ग म्यानेजमेन्ट टीमका सदस्य मलंगवा वडा नं. ४ निवासी अमलेश शर्माले जानकारी दिए। हामी युवाहरू आ-आफ्नै घरबाट रकम संकलन गरि यि सेवाहरू उपलब्ध गराउन थालेका छौँ भनेर शर्माले जानकारी दिए।

म्यानेजमेन्ट टीमका युवाहरू बिरामीलाई मात्र नभई मजदूरी गुमाएका मजदूर, अत्ती विपन्न परिवारलाई पनि भ्याई सम्म घरमै पुगेर सहयोग गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *