सर्लाहीको बरहथवामा एक बालिका र एक किशोरीको डुबेर मृत्यु

दुर्घटना समाचार

११ भदौँ  सर्लाही। पोखरीमा डुबेर सर्लाहीको बरहथवामा बिहिबार दुई जनाको ज्यान गएको छ।

ज्यान जानेमा बरहथवा नगरपालिका-३ हरजरियाका नविनकुमार महतोको ३ वर्षिया छोरी पुनमकुमारी महतो र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोको १७ वर्षिया छोरी पुनमकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। हजरियाकी तीन वर्षिया बालिका घर जनिकै पानी खान गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने मुर्तियाकी १७ वर्षिया किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो।

मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *