सर्लाहीको हरैयामा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

दुर्घटना समाचार

१९ साउन सर्लाही:  नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलबाट खसेर सोमवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया सन्जु देवीको मृत्यु भएको हो । सोमवार आफ्नै श्रीमानले चलाएको बा ९ प ९९३५ नं. को मोटरसाइकलमा सदरमुकाम मलङ्गवातर्फ जाँदै गर्दा सन्जु देवी मोटरसाइकलबाट खसेर गम्भीर घाईते भएकी थिईन् ।

जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात न्यूरो अस्तपाल वीरगञ्ज पु¥याइएकी महिलाको उपचारका क्रममा सोही अवस्थामा सोमवार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । श्रीमतीको उपचारका लागि सँगै वीरगञ्ज पुगेका सन्जु देवीका श्रीमान ४५ वर्षीय नागेन्द्र रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बसबरिया गाउँपालिका–३, भवानीपुर बजारमा गएराती ट्याक्टरले ठक्कर दिँदा एक महिला गम्भीर घाईते भएकी छिन् । हरकठवाबाट बरहथवा बजारतर्फ आइरहेको ज १ त ६३७६ नं. को ट्याक्टरले ठक्कर दिँदा ना २८ प ४९९० नं. को मोटरसाइकलको पछाडि सवार सिरहाको सिरहा नगरपालिका–९, घर भएकी ४० वर्षीया सविता देवी महतो घाईते भएकी हुन् ।

मोटरसाइकलका चालक भने सकुशल छन् । घाईते महिलालाई बरहथवामा प्राथमिक उपचार गरी न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरी चौकी भवानीपुरले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक सोही प्रहरी चौकीको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *