१२ साउन सर्लाही: सर्लाही जिल्लाको बिष्णु गाउँपालिका स्थित कुन्दी खोलामा डुबेर एक बालकको मृत्यू भएको छ। मृत्यू हुनेमा सोही पालिका वार्ड न. २ मा बस्ने मझरु रामको छोरा बर्ष १८ को नरेन्द्र राम रहेको प्रहरीले जनाएको छ।
बिष्णु गाउँपालिका वार्ड न. ३ मा रहेको कुण्डी खोलामा नुहाउने क्रममा खोलाले बगाई बेपता भएको बनाएको थियो। बालक पानीमा डुबेर बेपक्ता भएको खबर प्राप्त हुनसाथ स्थानिय प्रहरी चौकीबाट प्र.स.नि. छोटेलाल यादवको कमाण्डमा ३ जनाको टोली खटि गएको र ई.प्र.का. गडहियाबाट प्र.स.नि. रामबालक साहको कमाण्डमा ४ जना उद्धार टोली खटि गई खोजतलासमा सक्रियता देखाएको थियो।
खोजतलास गर्दा बालक बेपक्ता भएको चार पाँच घण्टा पछि घटनास्थलबाट अन्दाजी १०० मिटर पुर्व खोलाको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता मदन कँुवर ले बताए।