सर्लाहीमा खोलाले बगाएर दुईको मृत्यु

दुर्घटना समाचार

८  साउन  सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–६, मलघाटमा कुण्डी नहरको लच्कामा आएको भलबाढी तर्ने क्रममा सोही ठाउँका ४५ वर्षीय बजेन्द्र झाको बगाएर मृत्यु भएको छ । वुधवार दिउँसो पौने ४ बजेतिर बगाएर बेपत्ता भएका झाको गाउँले र प्रहरी मिलेर खोजी गर्ने क्रममा करिव दुई घण्टापछि शव फेला परेको थियो ।

यसैगरी ईश्वरपुर ४ मा गत सोमवार अमुवा खोलाले बगाएर बेपत्ता एक किशोरको वुधवार दिउँसो शव फेला परेको छ । आफन्तको घरमा गएका लालबन्दी नगरपालिका–४, का १९ वर्षीय विशाल गोलेलाई यस वर्षकै भीषण वर्षा भएको दिन गत सोमवार साथीहरुसँग पौडी खेल्न जाँदा खोलाले बगाएको थियो । तीन दिनको वर्षापछि सर्लाहीमा वुधवार पहिलो पटक मानवीय क्षति भएको हो । यसैबीच वुधवारदिनभर पानी पर्न रोकिँदा सामान्य बनेको बाढी प्रभावित क्षेत्रका स्थानीयको जनजीवन रातीदेखि फेरी पानी पर्न थालेपछि पुनः प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *