सर्लाहीमा भर्याङबाट लडेर बालकको मृ*त्यु

दुर्घटना समाचार

१ श्रावण सर्लाही: सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा भर्याङबाट लडेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय शिवनारायण रायका सात वर्षीय छोरा नवलकिशोर रायको आफ्नै दुई तले काठको घरको भर्याङबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । भर्याङबाट तल झर्ने क्रममा खुट्टा चिप्लिएर लडेका बालकको घटनास्थलमै मृ*त्यु भएको हो ।

यस्तै जिल्लाको पर्सा गाउँपालिका–१, सीतलपुरस्थित हुलाकी सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाईते भएका छन् । संग्रामपुरबाट सीतलपुरतर्फ जाँदै गरेको ज ५ प २४६३ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाईते पर्सा गाउँपालिका–२, का लालिन मण्डलका ३ वर्षीय छोरा निखिल मण्डललाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *