सर्लाहीमा सेनाका ६ जना सुरक्षाकर्मीलाई काेराेना देखियाे

कोरोना विशेष समाचार

२६ असार सर्लाही:  सर्लाहीमा आज (शुक्रबार) ६ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेज आईसाेलेसनकाे सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । शुक्रबार थपिएका ६ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा सर्लाहीका ८ जनामा पाेजेटिभ देखिएकाे बताईएपनि प्रजिअ जिसीले भने ६ जना नेपाली सेनाका सुरक्षाकर्मीमा मात्र पाेजेटिभ देखिएकाे बताएका हुन् । “मलंगवाकाे आईसाेलेसन सुरक्षार्थ खटिँदै आएका सेनाका सुरक्षाकर्मीहरुकाे स्वाब परिक्षणका लागि पठाईएकाे थियाे”, प्रजिअ जिसीले भने, “जसमध्ये ६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *