आरडीटी परीक्षण स्थगित गर्ने सरकारको निर्णय

कोरोना विशेष समाचार

काठमाडौंः सरकारले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ ।

‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले मंगलबार १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेको हो । एक महिना अघि कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो । सर्वसाधारण तथा विज्ञहरु लामो समयदेखि आरडिटी परीक्षण बन्द बन्द गर्नु पर्छ भन्ने आवाज उठाउँदै आएका थिए । सम्झौताको बुँदा नम्बर ३ मा भनिएको छ, ‘कोभिड–१९ को पहिचानका लागि आरडीटी प्रयोग स्थगित गर्ने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *