क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु

कोरोना विशेष समाचार

२० असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्सिया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *