सर्लाहीका थप ४ जनामा कोरोना, संक्रमित संख्या ६१९ पुग्यो

कोरोना विशेष समाचार

१४ असार सर्लाही:  सर्लाहीमा शनिवार ४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ ।

बागमती नगरपालिकामा ३ जना र चन्द्रनगर गाउँपालिकामा १ जना गरी ४ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सर्लाहीमा ६ जनामा कोरोना संक्रमण पुष्टि गरे पनि ४ जना कोरोना संक्रमित व्यक्तिहरु मात्र फेला परेको प्रजिअ जिसीले बताए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित बिरामीको संख्या ६ सय १९ पुगेको छ । पछिलो समय सर्लाहीमा कोरोना संक्रमित भन्दा कोरोना जितेर घर फर्कनेको संख्या बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *