थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

कोरोना विशेष समाचार

काठमाडौं : नेपालमा आज ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै आज १ सय ७९ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमा २ हजार ७ सय ५० पुरुष र २ सय ५५ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *