सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक बृद्वको मृत्यू

दुर्घटना समाचार

१३ असार सर्लाही: सर्लाहीमा  मोटरसाईकलको ठक्करबाट एक पैदल यात्री बृद्वको मृत्यू भएको छ। मृत्यू हुनेमा पहिचान हुन नसकेको अंदाजी वर्ष ७० बृद्व रहेको प्रहरीले जनाएको छ।

सर्लाही कबिलासी न.पा. १० स्थित नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नबलपुर तर्फ जादै गरेको बा १० प ४४८१ न. मोटरसाईकलले पदैल यात्रीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा पैदलयात्रीको टाउकोमा चोट लागी बोल्न नसक्ने गरी गम्भीर घाईते भएको थियो। गम्भीर घाईते बृद्वलाई थप उपचारको लागी बिरगंज लाने क्रम्मा बाटोमा मृत्यु भएपछि पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल सर्लाहीमा ल्याई राखिएको प्रहरीले जनाएको छ।

मोटरसाईकल चालक सर्लाही जिल्लाको मंलगवा न.पा. ५ भाडसर बस्ने मोहम्मद गुलाम गैसको दाहिने हात, दाहिने खुट्टामा चोट लागेको तथा सरकारी अस्पताल मंलगवामा उपचार भईरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा प्रयोग भएको मोटरसाईकल प्रहरी चौकी कबिलासीको नियन्त्रणमा तथा चालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सलार्हीको प्रमुख प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *