नेकपा द्वारा मलंगवामा विरोध प्रदर्शन

राजनीति समाचार

१२ असार सर्लाही : सर्लाहीको रामनगर गाउँपालिका वडा न-४ स्थित बहुअर्वामा भएको हत्याकाण्डका दोषी उपर कार्यवाहीको माग गर्दै नेकपा सर्लाहीले आज सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।
दोषी उपर कडा कार्यवाही ,मृतकको परिवारलाई क्षतिपूर्ति ,हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरि जिल्लामा हाजिर गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने मागहरु राखेर विरोध प्रदर्शन गरिएको नेकपाका युवा नेता समिमबाबु खानले जनाएको छ ।
केही दिन अघि बहुअर्वाका एकजना नेकपाका स्थानीय नेताको हत्या गरि फाालिएको अवस्थामा शव बरामद भएको थियो । उक्त घटनालाई अहिले राजनितीका रंग दिएर मलंगवामा दिनहुँजसो प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *