सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

दुर्घटना समाचार

सप्तरीः चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका–३ का केसीलाल साह रहेको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए । केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका–३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *