पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष समाचार

काठमाडौंः नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

मृतक स्याङजाको सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् । असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको गएराति भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *