मलंगवमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना विशेष समाचार

२ असार, सर्लाही। सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा थप आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मलंगवा नगरपालिकामा संक्रमितको संख्या २५ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएको ९ जनाको रिपोट नेगेटिभ भएर घर फर्किसकेको मलंगवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

पटक–पटक गरी मलंगवा नगरपालिकामा संकलन गरिएको २ सय ४४ जनाको स्वाबको रिपोट आईसकको मलंगवा नगरपालिकाका नायव सुब्बा गजेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । जसमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । २५ जना मध्ये ९ जना ठिक भएर घर फर्किसेको उहाँले जानकारी दिनुभयो ।

‘आज आएको रिपोटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ’ नायब सुब्बा साहले भन्नुभयो ‘पिसिआरको रिपोर्ट आउनमा ढिलाई भएपछि क्वारेन्टाइनमा बसेकाहरुले आन्दोलनमा उत्रेपछि र्‍यापिड टेष्ट गरेर पोजेटिभ रिपोट आएको १६ जनालाई मात्र क्वारेन्टाइनमा राखेर अरुलाई छाडियोको थियो ।’  तर आज रिपोट आएपछि क्वारेन्टाईनमा बसेका मध्ये ६ जनाको मात्र रिपोट पोजेटिभ आएको र घर गईसेका मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको साहले बताउनुभयो । घर गईसकेका तर संक्रमण पुष्टि भएको १० जनालाई पुनः घरबाट ल्याएर आईसुलेशन वार्डमा लगिएको उहाँले जानकारी दिनुभयो ।
यता पिसिआरमा नेगेटिभ आएका तर र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका १० जनालाई अझै क्वारेन्टाइनमै राखिएको नायव सुब्बा साहले बताउनुभयो । पछिलो पटक स्वाब संकलन गरिएको ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्य मलंगवा नपा वडा नम्बर  १ का २ जना, वडा नं.३ का ३ जना, वडा नं. ४ का १ जना, वडा नं. ६ का २ जना, वडा नं. ७ का ६ जना, वडा नं. ९ का १ जना र वडा नं. ११ का १ जना रहेकोछ ।

आज मलंगवामा संक्रमण पुष्टि भएका १६ जना सहित सर्लाहीमा कोरोना संक्रमितको संख्या ५ सय २६ पुगेको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । सर्लाहीमा संक्रमित मध्य ६१ जना ठिक भईसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *