करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु

दुर्घटना समाचार

१ असार, सर्लाही : सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका वडा नम्बर– ५ बस्ने ४३ वर्षीय नरेशकुमार रामको करेन्ट लागेर मृत्यु भएको हो ।
चक्रघट्टा गाउँपालिका वडा नम्बर– २ बेल्ही बस्ने चन्सी साहको घर छाइरहेको अवस्थामा अचानक विजुलीको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *