सर्लाही जेष्ठ – २४
सर्लाहीमा आज फेरी २७ जनामा कोरोना संक्रमित व्यक्तिहरुको पुष्टि भएको छ ।सर्लाहीको रामनगर गाउँपालिकामा १३ जना, विष्णु गाउँपालिकामा ११ जना र ईश्वरपुर नगरपालिकामा ३ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
केहि दिन पहिला रामनगर गाउँपालिकामा १ सय १० जना, विष्णु गाउँपालिकामा १सय ३८ जना र ईश्वरपुर नगरपालिकामा १ सय ६८ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं पठाइएको थियो र ति मध्ये आज एकै साथ २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ७५ पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।