टिपर दुर्घटनामा सह–चालकको मृत्यु, चालक गम्भीर घाईते

दुर्घटना समाचार

सर्लाही २१ – ईश्वरपुर नगरपालिका–५, फुलजोरमा मंगलवार राती भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।पूर्व–पश्चिम राजमार्गस्थित फुलजोर चोकबाट दक्षिण क्रसर अगाडि ना ४ त ४१२५ नम्वरको ट्याक्टरमा ना ८ ख ३०९३ नम्वरको टिपर पछाडिबाट ठोक्किँदा टिपरका सह–चालक २३ वर्षीय सुजन दनुवारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उदयपुरको कटारी नगरपालिका–६, का दनुवारलाई रानीगञ्जमा प्राथमिक उपचार गरी थप उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपरका चालक कटारी नगरपालिका–६, उदयपुरकै २४ वर्षीय विष्णुबहादुर दनुवार गम्भीर घाईते भएका छन् । उनलाई यहाँ सामान्य उपचार गरी राती नै न्यूरो अस्पताल वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार गएराती पौने ९ बजेतिर दक्षिणतर्फ गइरहेको ट्याक्टरको टे«लरमा ठोक्किएर टिपर अनियन्त्रित भई पल्टिन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *