आज सर्लाहीमा थपिएका २१ जना संक्रमित बलरा र ब्रम्हपुरीका

कोरोना विशेष समाचार

जेष्ठ २० – सर्लाहीबाट पठाईएको स्वाब परीक्षणका क्रममा आज (मंगलबार) थपिएका २१ जना कोरोना भाईरस संक्रमित बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी माेहन जिसीका अनुसार जिल्लाकाे दक्षीणी क्षेत्र स्थित सदरमुकाम मलंगवादेखि पुर्व पर्ने ब्रम्हपुरी गाउँपालिकाका १२ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । त्यस्तै जिल्लाकै दक्षीण-पश्चिम क्षेत्र अर्थात बागमती नदी किनारसँग जाेडिएकाे बलरा नगरपालिकाका ९ जनामा काेराेना भाईरस देखिएकाे हाे । २१ जना नै भारतबाट अाएर पालिकाकाे क्वारेन्टिनमा बसिरहेका छन् ।

योसँगै सर्लाहीमा १३१ जना संक्रमित पुगेका छन् ।सर्लाहीबाटै स्वाब संकलन गरी पठाईएका मध्ये १२९ जना तथा काठमाडाैंमै अाफै परिक्षण गराउँदा देखिएका १ जना र सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी नायव निरिक्षक समेत गरी  १३१ जना संक्रमित पुगेका हुन् ।
संकर्मित मध्ये दुईजना भने निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *