जनकपुरबाट फरार भएका संक्रमितलाई मलंगवामा राखियो

कोरोना विशेष समाचार

सर्लाही – प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनबाट फरार कोरोना भाईरस संक्रमितलाई सर्लाही सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजको आईसोलेसनमा राखिएको छ ।

सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय संक्रमित गत आईतबार बिहान जनकपुर स्थित आईसोलेसनबाट भागेका थिए। कोरोना भाईरस पोजेटिभ देखिएपछि मानसिक रोगका बिरामी समेत रहेका ती पुरुषलाई घरबाट गत मंगलबार राती जनकपुर पठाईएको थियो । उनलाई निगरानी गर्न सीसी क्यामेरा समेत जडान गरिएपनि सो क्यामेरा नै फुटाएर फरार भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो महोत्तरीमा फेला परेका उनलाई नियन्त्रणमा लिएर पुनः जनकपुर पठाईएपनि त्यहाँ राख्न नमानेपछि सर्लाहीमै ल्याईएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । ‘महोत्तरीमा फेला पारेर पठाउँदा जनकपुर अस्पतालले लिन मानेन’, प्रजिअ जिसीले भने, ‘अनि हिजो साँझ सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजमा तयार पारिएको आईसोलेसनमा ल्याएर राखेका छौं ।’

जनकपुर र वीरगंजमा संक्रमितले भरिदै गएपछि गत आईतबारमात्र प्रदेश सरकारले तयार पारेको मलंगवा नगरपालिका–२स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा ५० बेडको आईसोलेसन तयार पारेको थियो । हाल उक्त आईसोलेसनमा ती पुरुष सहित सर्लाहीको गोडैता नगरपालिकाको क्वारेन्टिनमा राखेर परीक्षण गराउँदा कोरोना भाईरस पोजेटिभ देखिएका १२ जना गरेर १३ जना संक्रमित पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *