सर्लाहीको कोराना संक्रमितलाई अब मलंगवामै राखिने

कोरोना विशेष समाचार

सर्लाही, १० जेठ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई मलंगवामा नै उपचार गरिने भएको छ । प्रादेशिक अस्पताल जनकपुर र वीरगंजमा ठाउँको अभाव भएपछि जिल्लाको सदरमुकाम मलंगवामा नै आइसोलेशन कक्ष निर्माण गरिएको हो । प्रदेश सरकारको मातहतमा मलंगवा जिल्ला अस्पतालले अस्थायी विशेष कोरोना अस्पतालको अस्थापना गरी आइसोलेशन वार्ड तयार गरिएको छ ।

मलंगवा नगरपालिका वडा नम्बर २ स्थित रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड बनाईएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले मलंगवामै आईसोलेसन वार्ड तयार पारेको हो । नर्सिङ्ग कलेजमा ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएको प्रजिअ जिसीले बताउनुभयो ।

आज तयार गरिएको आइसोलेशन वार्डमा गोडैता नगरपालिकाको संक्रमित मध्ये १२ जनालाई राखिसकिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो । सर्लाही जिल्लामा संक्रमण पुष्टि भएका तर लक्षण नदेखिने संक्रमितहरुलाई उपचारका लागि नर्सिङ्ग कलेजकै आइसोलेशन वार्डमा राखिने उहाँले बताउनुभयो । गम्भिर प्रकृतिका लक्षण देखिएमा संक्रमितलाई उपचारका लागि जनकपुर, बिरगंज अथवा बाहिर पठाईने जिसस प्रमुख चौधरीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म सर्लाहीमा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *