बिहिबार, बैशाख २४, २०८३
Thu, May 7, 2026

सगरमाथा देश कै एक नमुना विधालय मध्ये एक ः शिक्षा विकास प्रमुख गाैतम

सर्लाही टुडे समाचारदाता :
सर्लाही १९ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका स्थित सगरमाथा आधारभुत विधालय देश कै एक नमुना विधालय मध्ये एक रहेकाे जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्रमुख मित्र प्रसाद गाैतमले बताएका छन । विधालयकाे रजत जयन्ती समाराेहमा बाेल्दै गाैतमले यसाे बताएका हुन ।

विधालयकाे व्यवस्थापन,विधार्थीहरुले प्रस्तुत गरेकाे नृत्यकला, जिमनाष्टिक लगायतका कला प्रदर्शनले माेहित हुँदै उनले विधालय व्यवस्थापनकाे प्रशंसा गरेका थिए ।

विधालयका अध्यक्ष तिलक क्षेत्रीकाे अध्यक्षतामा हिजाे भएकाे रजत जयन्ती समाराेहमा सरकारी निकायका कर्मचारी, शिक्षाविद्, समाजसेवी, नागरिक समाज, अभिभावक र विद्यार्थीहरूकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।

समाराेहमा अध्यक्ष क्षेत्री ले विधालयकाे व्यवस्थापन र विधार्थीकाे चाैतर्फी विकासकाे लागि आफुहरू कडा मिहिनत गरिरहेकाे बताए ।

 

२५ बर्ष सफलता पुर्बक पूरा गरेकाे अवसरमा बिधालयमा अध्यणरत छात्रछात्राहरूले संस्कृतिक कार्यक्रम, स्पोर्ट्स लगायत कार्यक्रमहरू प्रस्तुत गरेका थिए । समाराेहमा उत्कृष्ट प्रदर्शनी प्रस्तुत गरेका विधार्थीहरुलाई लाई पुरष्कृत गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट